


अर्घाखाँची, २१ फागुन। अर्घाखाँची प्रहरीले नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका-१ का १९ वर्षीय दिपक राना भन्ने यानबहादुर बस्नेत क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
क्षेत्रीको साथबाट 9BR ०००१२६ २००० (दो हजार रुमाल) उल्लेखित नौ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं जगन्नाथ मरासिनीले जनाए । उनका अनुसार शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरोस्थित गोरुसिंगे सन्धिखर्क सडकखण्डबाट पक्राउ गरिएको हो।

पक्राउ परेका क्षेत्रीलाई मुलुकी आचारसंहिता २०७४ को मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

