
भैरहवा,२३फागुन। सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा अटो तथा ई–रिक्सा व्यवस्थापन गर्नका लागि अन्तरपालिका समन्वय बैठकमा सहमती भएको छ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतमा बिहीवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको पालिका स्तरीय समन्वय बैठकले यसअघि भएका निर्णयहरुलाई कार्यान्वयनमा लागि अटो तथा ई–रिक्सा व्यवस्थापन गर्ने निर्णय गरेको हो।
Advertisement

Advertisement
Advertisement

सिद्धार्थनगर सहित, ओमसतिया, मायादेबी, सियारी गाँउपालिका र जिल्ला सुुरक्षा समितिबीच बसेको बैठकले ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए। उनका अनुसार तिनपाङग्रे सवारी साधन दर्ता नगरेका गाउँपालिकाहरुले तिनपाङ्ग्रे सवारी साधन नियमन सन्चालन तथा व्यवस्थापनको लागि ०८१ माघ १३ मा भएको बैठकको निर्णय अनुसार तोकिएको समयावधी भित्र कतिपय गाउँपालिकाले कानुन निर्माण लगायतका कार्यहरु गर्न बाँकी रहेको तथा कतिपय गाउँपालिकाले कानुन निर्माण गरी दर्ता प्रक्रियामा रहेको देखिएकोले तिनपाङग्रे सवारीसाधन व्यवस्थापन तथा नियमनको लागि अगामी चैत १० गते भित्र कार्य सम्पन्न गर्ने निर्णय भएको छ।
त्यस्तै बैठकले तिनपाङ्ग्रे सवारी साधनहरुको व्यवस्थापन तथा नियमनका सन्दर्भमा चैत ११ गते देखि सवारी साधनको कागजात नियमित चेकजाँच कार्यलाइ चुस्त दुरुस्त तथा व्यवस्थित गर्नका लागि जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय भैरहवा, जिल्ला ट्राफिक कार्यालय र पालिकाका प्रहरीलाई जिम्मा दिने निर्णय समेत गरेको छ। तिनपाङ्ग्रे सवारी साधन चेकजाँचका क्रममा जुन पालिकामा कारवाहीमा परेका हुन सोही पालिकाको कानुन बमोजिम कारवाही गर्ने निर्णय समेत भएको जनाइएको छ।

