
भैरहवा, २३ फागुन। प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रम्भा गाउँपालिका–३ हुमिनका ३५ बर्षीय गणेश कुँवर मगर रहेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मगर बस्ने घरको कोठामा खनतलासी लोबेड भित्र राखिएको झोलामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए ।
Advertisement

Advertisement
Advertisement

साथै, प्रहरीले हाते काटा (तराजु) बरामद पनि गरेको छ । लागुऔषध गाँजा कसूरमा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धानको गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

