
काठमाडौं, २७ फागुन। काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस अध्यापन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी अस्पतालमा एमडी/एमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
जसका लागि मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नेपाल प्रहरी अस्तपाल र न्याम्सबीच सम्झौता भएको छ। नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजु र न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्कीले सम्झौता पत्रमा दस्तखत गरेका छन् ।
Advertisement

Advertisement
Advertisement

न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संरक्षकका रुपमा दस्तखत गरे ।
‘अहिले प्रारम्भिक सम्झौता भएको छ’, न्याम्सका उपकूलपति प्रा.डा.बस्नेतले भने,‘अब प्रहरी अस्तपालमा कुन विषय कति सिट सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन हुनेछ । त्यसपछि थप विषय अघि बढ्छ।’

