
काठमाडौ, २८ फागुन। मुलुकमा बढ्दो रोजगारी र डगमगाएको अर्थतन्त्रले युवापुस्ताहरुका साथै सर्वसाधरणहरुमा निराशा छाएको छ । वैदेशिक रोजगारीको सिलसिलमा युवाहरु विदेशिन बाध्य छन् । यही मौकामा विदेशमा आर्कषक तलब सुविधासहितको रोजगारीका लागि सर्वसाधरणहरु ठग/दलालको प्रलोभनमा समेत फस्दै गएका छन् ।
यस्तै, एक जना पीडितबाट रोजगारीका लागि अमेरिका पठाउने भन्दै पटक पटक गरी ५३ लाख लिएर सम्पर्कबिहिन भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ड नगरपालिका-८ का ४० वर्षीय ललित लिम्बु भन्ने ललित बहादुर ईवारम र सोही स्थानका ३३ वर्षीय दिपेश लिम्बु भन्ने दिपेश सुब्बा लिम्बु रहेको प्रहरीले जनाएको छ।
उनीहरुले पीडितसँग ५३ लाख रुपैयाँ लिएर रोजगारीका लागि अमेरिका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्काएर सम्पर्कबिहिन भएपछि काठमाडौं बुढानिलकण्ड नगरपालिका-८ बाट दुवैजनालाई पक्राउ गरी अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं एसपी काजीकुमार आचार्यले जनाए।
सोलुखुम्बुका पीडित व्यक्ति काठमाडौंमा टुर गाईडको काम गर्छन्। ठगीको आरोपमा पक्राउ परेका दुवै जना दाजुभाई हुन् । दुवैजनाले पटक पटक गरेर ५३ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी शिवराज बुढाथोकीका अनुसार दीपेश केही समय अघि मात्रै कोरियाबाट फर्किएका हुन्। उनीहरुको ४ जना दाजुभाइ मध्ये २ जना रोजगारीका लागि कोरिया गएका थिए। सुरुमा उनीहरुले सोलुखुम्बुका ती टुर गाइडलाई कोरिया लैजाने भनेर प्रलोभन दिएका थिए।
महिनामा लाखौं कमाई हुने प्रलोभनमा पारेर उनीहरुले पटक पटक ललितले २८ लाख र दिपेशले २५ लाख ठगी गरेको आरोप छ। कोरिया लैजान नसकेपछि दाजुभाइ मिलेर उनलाई तल्लो बाटो हुँदै अमेरिका पुर्याउने बताएका थिए। कहिले एजेन्टलाई बुझाउने त कहिले प्लेन टिकटलाई भनेर मागिएको ५३ लाख गाइडले आरोपीहरुको खातामा जम्मा गरेका थिए।तर दुवै जना पैसा लिएर सम्पर्कविहीन भएका भएपछि पीडित गाइड प्रहरी कार्यालयमा पुगेका थिए।

