


काठमाडौ, २८ फागुन । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ। बा.प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई सह-चालक सुमन खड्का गम्भिर घाइते भएका थिए।
रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुस्

