


भैरहवा, २९ फागुन। नेपाल प्रहरीले दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ।
बढुवाका लागि सिफारिस गर्न बधुवार बसेको बढुवा समितिको बैठकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा दरबन्दी रहेका डीएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा दरबन्दी रहेका ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयका बढुवा समितिको सचिवालय अनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो।

