Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पिएम कपः लुम्बिनी, आर्मी र एपीएफ विजयी
    खेलकुद

    पिएम कपः लुम्बिनी, आर्मी र एपीएफ विजयी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन २९, बिहीबार २३:४० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २९ फागुन।प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका तीन खेलमा लुम्बिनी प्रदेश, विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि १४ रनको जित निकाल्यो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.५ ओभरमा २ सय १७ रन बनायो । जसमा म्यान अफ द म्याच प्रज्वल थापाले ७२ रनको अर्धशतकीय पारी खेले । बलिङमा गण्डकीका अमृत गुरुङले ३ तथा चन्द्र पौडेल र विपिन क्षेत्रीले २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाएर २ सय ३ रन मात्रै बनायो र पराजित भयो । गण्डकीका अर्जुन कुमालले ६२ रन बनाए । लुम्बिनीका मिर्नाल गुरुङले ३ तथा विप्रसन केसीले २ विकेट लिए । लुम्बिनीले ३ खेलमा दुईमा जित र एकमा हार व्यहोरेको छ । उसको ४ अंक छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय २७ रनले हरायो । टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । आर्मीका लागि ओपनर तृतराज दासले सर्वाधिक ६९ रन जोडे । यस्तै, कप्तान विनोद भण्डारीले ५६, भीम सार्कीले ४०, बसिर अहमदले ३६ तथा सोमपाल कामीले १३ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले ४, दीनेश अधिकारीले ३ तथा सुनिल धमलाले २ विकेट लिए ।

    २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ रन बनाउँदा अलआउट भयो । कर्णालीका लागि प्रकाश जैशीले नटआउट रहँदै सर्वाधिक ५० रन जोडे । यस्तै, विपिन रावल २३, दिनेश अधिकारी २२ तथा विपिन शाही १२ रनमा आउट भए । आर्मीका लागि शाहब आलमले ३, कुशल मल्ल, सोमपाल कामी र आकाश चन्दले समान २–२ विकेट हात पारे । ३ खेलमा लगातार जितसँगै आर्मीले ६ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा बागमतीलाई तथा दोस्रोमा सुदूरपश्चिमलाई हराएको थियो ।

    यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले मधेश प्रदेशमाथि २ विकेटको जित हात पारेको हो । मधेशले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा भेट्टयो । एपिएफको जितमा सुमित महर्जनले सर्वाधिक ३५, ओपनर आसिफ शेखले ३४, लोकेश बमले १८, प्लेयर अफ द म्याच भएका कमल ऐरीले नटआउट २८ रन जोडे । अमरसिंह राउटेला १६ तथा कप्तान रोहितकुमार पौडेल ११ रनमा आउट भए । मधेशका लागि कमल गुप्ताले ४, प्रदीप पासवानले २ तथा हरिशंकर शाह र रुपेश सिंहले समान १ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेश ४०.४ ओभरमा १ सय ६८ रनको सामान्य योगफलमा समेटिएको थियो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ७७ रन जोडे । कप्तान अनिल शाहले १७, मयन यादवले ११ र रुपेश सिंह र प्रदिप पासवानले समान १० रन बनाए । एपिएफका लागि कमल ऐरीले ४, कप्तान रोहित पौडेलले र भुवन कार्कीले समान २–२ तथा अभिषेश गौतमले १ विकेट लिए । लगातार दोस्रो जित निकालेको एपिएफ ४ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफले पहिलो खेलमा बागमतीलाई पराजित गरेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट पिएम कप प्रधानमन्त्री कप सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.