
भैरहवा, १ चैत। आज होली अर्थात फागु पुर्णिमा तराईका विभिन्न जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईँदैछ। पहाडी र हिमाली क्षेत्रमा मनाइएको भोलीपल्ट तराईमा होली मनाउने गरिन्छ।
रुपन्देही जिल्लाको विभिन्न स्थानको चोकमा साङ्गतिक कार्यक्रमका साथै एक आपसमा मित्रता, आत्मीयता र सद्भाव दर्शाउन परिवार, आफन्त, साथी भाईहरुलाई अबिर तथा रङ लगाई होली पर्व मनाईँदैछ।
Advertisement

Advertisement
Advertisement

होली पर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि रुपन्देही प्रहरीले सुरक्षा योजना लागु गरेको छ। जसका लागि ८८० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
जिल्लामा पिकेट, गाडी मोबाइल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, पैदल गस्ती लगायतका लागि प्रहरीका टिमहरु विभाजन गरी खटाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए।
कसैको इच्छा विपरीत लोला हान्ने, रङ लगाउने, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडा लगायतका नगर्न रुपन्देही प्रहरीले आग्रह गरेको छ।
साथै, प्रहरीले कुनै समस्या परेमा वा अपराधिक गतिविधि हुन लागेको वा थाहा भएमा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको १००, ०७१-५७०१९९, ९८५७०९०६२२, ९८५७०४९३४२ नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।

