
काठमाडौ, ३ चैत। लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेश प्रहरीले उचालेको छ।
नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गर्दै उपाधि उचालेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे।
गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी थिए।

