
काठमाडौ, ३ चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् ।
उनले सरकारले मुलुकलाई श्रीलंका हुनबाट भने जोगाएको जिकिर गर्दै अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भुमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको भन्दै भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको बताए।
उनले भने– ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महशुस गरेका छौँ । हाम्रो मूल्यांकनमा त्यही कुरा छ। यो सबै समस्याको समाधानमा हामी लागेका छौँ ।बिस्तार बिस्तार श्रीलंका हुनबाट जोगाइएको छ। सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो। या असफल राष्ट्र हुनबाट जोगाइएको छ।’
विद्यमान ऐन, कानूनहरु अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको उनले जनाए।

