Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पिएम कप : कोशीले पहिलो जित निकाल्दा गण्डकीको लज्जास्पद हार
    खेलकुद

    पिएम कप : कोशीले पहिलो जित निकाल्दा गण्डकीको लज्जास्पद हार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र ३, आईतवार १७:४३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ चैत। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् ।

    भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो । १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउँदै पूरा गर्यो । एपीएफको जितमा दीपक बोहराले नटआउट सर्वाधिक ७० रन जोडे । यस्तै, सुमित महर्जनले नट आउट ३४, ओपनर आसिफ शेखले २५ तथा लोकेश बम र रोहित पौडेलले समान २२–२२ रन बनाए । कर्णालीका दिवान पुन र दीपेन्द्र रावतले समान २–२ तथा प्रकाश जैसीले १ विकेट लिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । उसका लागि सुनिल धमलाले४७, दिनेश अधिकारीले ३३, दीपेन्द्र रावतले ३० र प्रकाश जैसीले २० रन बनाए । एपीएफका अभिषेश गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दीपक बोहरा, रोहित पौडेल र भुवन कार्कीले समान १–१ विकेट लिए ।

    यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि ४८ रनको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ३२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय १५ रन बनायो । लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३, कप्तान देव खनाल र मनिष थापाले समान १५–१५ रन बनाए । बागमतीका गौतम केसीले ४, सूर्य तामाङ र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटा र रिजन ढकालले १–१ विकेट लिए ।

    १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रन जोड्दा अलआउट हुन पुग्यो । उसका लागि कप्तान पृथु बाँस्कोटाले सर्वाधिक १५, आशुतोष घिरैया र सुमन सुनारले समान ११–११ रन जोडेर पेभेलियन फर्किए । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका अजय चौहान र विप्रशन केसीले समान ३–३ तथा रमेश कुर्मी र निर्मल गुरुङले २–२ विकेट लिए ।

    त्यस्तै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशसँग गण्डकी प्रदेशले लज्जास्पद हार व्यहोर्नु पर्यो । प्रतियोगितामा कोशीले भने पहिलो जित हात पारेको छ । आफ्नो पहिलो जित निकाल्ने क्रममा कोशीले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८ ओभर २ बलमा १ विकेट गुमाएर सहजै पूरा गर्यो ।

    कोशीका सकिब हकले नटआउट रहँदै सर्वाधिक १६ र चिराग साहले १० रन बनाए । गण्डकीका सुवास भण्डारीले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २० ओभर ४ बलमा ३१ रन बनाउँदा अलआउट भयो । कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंक जोड्न सकेनन् । गण्डकीका अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक बन्यो । गण्डकीका ४ ब्याटरले रनको खाता खोल्न नै सकेनन् । कोशीका विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिए । फिर्दोस अन्सारीले ३ तथा दीपेश कंडेलले १ विकेट लिए ।

    एपीएफ खेलेका ४ खेलमध्ये ३ मा जितकासाथ तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा छ । ४ खेलमा तेस्रो जित हासिल गरेको लुम्बिनी चौथो स्थानमा छ । चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ । यस्तै, एक–एक खेल जितेका कोशी र गण्डकीको २–२ अंक छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट नेपाल एपीएफ क्लब पिएम कप
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.