
काठमाडौं, ४ चैत। बाजुरा जिल्लामा ढुंगाले हानेर गाईलाई खोलामा बगाएको घटनाले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ ।
कांग्रेसका सांसद सीताकुमारी रानाले जिउँदो गाईलाई ढुंगाले हानेर खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी छिन् । ‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यतासम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’सांसद रानाले भनिन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बाजुराको जगनाथ गाउँपालिका-६ काप्रेमा गौदान गरेको दृश्य भनेर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो। भिडियोमा एउटा कालो रङको गाईलाई ढुंगाले हानेर नदीमा लखेटिएको देखिन्छ ।

