
पाल्पा,६ चैत। भारतको गोरखपुर जिल्ला एक युवक कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
आफ्नो तीन जना साथीहरुसहित नेपाल घुम्न आएका २५ वर्षीय शिवम पाण्डेय पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका पाल्पाका डीएसपी एवं सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

बेपत्ता पाण्डेयको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

