
काठमाडौ, ७ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियुमा विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताएका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, उनले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवावर्ग साथमा रहेको थप पुष्टि भएको छ।’

