
काठमाडौं,७ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले विमानस्थलको दिगो संचालनका लागि सरकारले संवद्ध निकायहरुसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको जनाए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरु सञ्चालनमा आएको छ,’ उनले दावी गर्दै भने, ‘हाल जजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।’
उनले बुटवलस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिको सेवा प्रदान गर्न सुरु भएको भन्दै अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको बताए।

