
भैरहवा, ७ चैत।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट भएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले नेपाल नगरपालिका संघले उत्कृष्ट नगरपालिका पुरस्कारबाट सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो।
Advertisement

Advertisement
Advertisement

संघद्वारा आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ स्वरुप सम्मान पत्र प्रदान गरेका छन्।
संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएकोमा आर्थिक वर्ष २०८०/०८१ को पुरस्कार सिद्धार्थनगरले प्राप्त गर्न सफल भएको छ। विभिन्न सूचकका आधारमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको संघले जनाएको छ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सबै जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भएको बताए।
‘हामी सबैको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भएका छौ’,उनले भने, ‘प्राप्त पुरस्कार हामीलाई थप हौसला प्रदान गरेको छ। अगामी दिन थप रचनात्मक काम गर्दै अघि बढ्ने छौँ।’

