
काठमाडौं, ८चेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८४ सालसम्म आफु जनताकै साथमा हुने र प्रधानमन्त्री हुने दौडमा नरहने बताएका छन्।
शुक्रबार वीरगञ्जमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाउँदै केपी ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘ओली सरकारको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने ।
उनले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए । ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन। लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्। तपाईँहरुलाई थाहा छ। उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’, उनले भने, ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ।’
उनले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीलाई लागु नहुने दाबी गरे। सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको जिकिर गर्दै उनले भने, ‘आर्थिक विकासको निम्ति गति दिने कुरामा हामीले सरकारमा हुँदा जोड दिएका थियौँ,’ उनले भने ।

