Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवार प्रेस क्लबको अध्यक्षमा पुनः गुप्ता
    समाचार

    मर्चवार प्रेस क्लबको अध्यक्षमा पुनः गुप्ता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र १०, आईतवार २२:४६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१०चैत। मर्चवार प्रेस क्लब, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। कोटहीमाई गाउँपालिका–५ स्थित मझगाँवामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो।

    अधिवेशनमा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले देशमा सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारले इमान्दारिताका साथ भ्रष्टाचारविरुद्ध कलम चलाए भ्रष्टाचारीको मनोबल कम हुनको साथै मुलुकमा पारदर्शीता कायम हुने विश्वास व्यक्त गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले भने–‘पत्रकार देशको चौथो अंग हुुन् । पत्रकारिता कमजोर भए देशको अवस्थामा पनि असर पुग्छ । केही पार्टी तथा व्यक्तिविशेष पत्रकारिताले निष्पक्ष पत्रकारीतामा असर पुगेको छ ।’

    कार्यक्रमका विशिष्ट अतिथि मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान कार्यसमिति सदस्य राम विकास चौधरीले बढदो आधुनिकताका साथ पत्रकारिताको शैलीमा पनि परिवर्तन आवश्यक रहेको बताए ।

    उनले भने–‘छिटो सम्प्र्रेषण गर्ने नाममा अधुरो जानकारीसहितको समाचारले समाज र पत्रकारितालाई समेत नकारात्मक असर गर्छ । त्यसैले पत्रकार र पत्रकारिता दुवैलाई प्रभावकारी बनाउन गरी समाचार लेखन जरुरी छ ।’
    क्लबको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबका अध्यक्ष हृदयराम गुप्ताले पत्रकारहरुको हकहितसँगै पत्रकारिताको मर्यादालाई पनि व्यवस्थित बनाउने बताए ।

    ग्रामीण क्षेत्रमा पत्रकारितामा धेरै चुनौती रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा अझ सजक, जिम्मेवारी तथा लगनशीलताका साथ काम गर्नुपर्ने बताए । क्लबमा आबद्ध पत्रकारहरुको लेखनशैली, क्षमताको अभिवृद्धिसँगै व्यवसायिक पत्रकारीतालाई प्रवद्र्धन गर्ने अध्यक्ष गुप्ताले बताए ।

    वार्षिक साधारण सभामा क्लबका कोषाध्यक्ष जैस मोहम्मद खानले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका सचिव मोहम्मद असलम खाँले कार्यक्रमको सञ्चालन गरेका थिए ।

    अध्यक्षमा पुनः गुप्ता

    प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष पदमा हृदयराम गुप्ता पुनः सर्वसम्मत निर्वाचित भएका छन्।अध्यक्षमा निर्वाचित गुप्ता नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य समेत हुन् । निर्वाचन समिति संयोजक राधेश्याम कुर्मीका अनुसार क्लबको उपाध्यक्षमा सुमन कुमारी कलवार, सचिवमा मोहम्मद असलम खाँ, सह–सचिवमा सीताराम चौधरी र कोषाध्यक्षमा जैस मोहम्मद खाँ निर्वाचित भएका हुन् ।

    त्यस्तै सदस्यमा सुकई कोहार, दीपक कुमार कलवार, अवधेश विश्वकर्मा र दिनेश प्रसाद लोध रहेको निर्वाचन संयोजक कुर्मीले जानकारी दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोटहीमाई गाउँपालिका मझगाँवा मर्चवार मर्चवार प्रेस क्लब सम्मरीमाई गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.