
भैरहवा, १० चैत । रुपन्देही घर जग्गा व्यवसायी संघको अध्यक्षमा सुरज उप्रेती निर्वाचित भएका छन्। भैरहवामा भएको संघको साधारणसभा तथा तेस्रो अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको प्रथम उपाध्यक्षमा विष्णु प्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण कुँवर, महासचिवमा धिरज घिमिरे, कोषाध्यक्षमा नारायण प्रसाद बेल्वासे र सचिवमा पिताम्बर न्यौपाने रहेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै सदस्यहरुमा सुमन न्यौपाने, रितेश अग्रवाल, सागर सुवेदी, कृष्ण प्रसाद अधिकारी, कृष्ण प्रसाद यादव, आवाश बञ्जाडे, नारायण महत, अशोक भुसाल, अभिनव थापा, छत्र पन्थी, गंगाधर पाण्डे र रामापति यादव रहेका छन्।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले व्यवसायीलाई सम्मानजक पेशाको रुपमा स्थापित गराउन छरिएर रहेका अरु व्यवसायीलाई पनि गोलबन्द गर्दै जाने बताए। उनले रुपन्देही रियल स्टेट व्यवसाय उत्कृष्ट रहेको बताउँदै त्यसको लागि अझै लगानीको बातावरण बनाउदै जाने उनको भनाइ छ।
महासंघले इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्ने
घरजग्गा व्यवसायी महासंघ केन्द्रीय समितिको भैरहवामा बसेको बैठकले मुलुकको आर्थिक अवस्था लामो समयदेखि प्रतिकूल रहेको भन्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरेर अघि बढ्ने निर्णय गरेका छ ।
मुलुकभरका घरजग्गा व्यवसायीको थोरैथोरै लगानीबाट सञ्चालन हुने यस्तो कम्पनीले बैंकिङ ऋणबाट मुक्ति दिलाउने उनीहरुको भनाइ छ। कोरोना महामारीपछि थलिएको व्यावसाय उकास्न इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको निर्णय गरिएको जनाए। बैठकले व्यवसायीबाट १–१ लाख रुपैयाँ संकलन गरेर कम्पनी स्थापनाको निर्णय गरेको छ ।

