
बुटवल, १० चैत । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
त्यस्तै उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल, उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए।
Advertisement

Advertisement
Advertisement

विधानले तोकेअनुसारको समावेशी सदस्यहरुसहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ। निर्वाचित पश्चात अध्यक्ष शाहले आफूले नेकपा (एकीकृत समाजवादी) लाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने बताए।

