


भैरहवा, १२ चैत। रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको मदिरा बरामद गरेको छ। प्रहरी बिट नयाँ बसपार्क बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीस्थित सडक पेटीमा वेवारिसे अवस्थामा राखेको मदिरा बरामद गरेको हो।
भन्सार छलेर भित्राइएको भारतमा उत्पादित २ लाख ४० हजार मूल्य बराबरको २० वटा कार्टुन (२४० थान) मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले जनाए।

बरामद मदिरा आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालयलाई बुझाईएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

