


काठमाडौ,१२चैत। सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत सहभागी छन् ।

बैठकका एजेन्डाबारे जानकारी भने गराइएको छैन। सरकारले सोमबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो। उक्त निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ।

