
भैरहवा, १२ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा डल (गुडिया) र कुसन बनाउने तालिम सुरु भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्र्तगत पालिकाको वडा नम्बर १२ मा एक महिने डल (गुडिया) र कुसन बनाउने तालिम सुरु भएको हो।
कार्यक्रम अन्र्तगत सहभागीहरुको रोजाई र इच्छा अनुसार डल (गुडिया) र कुसन बनाउने तालिम संचालन गरिएको सिद्धार्थनगर नगरपालिका कार्यालयका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरीले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रत्येक वर्षमा पालिकाको दुई वटा वडा उक्त कार्यक्रम संचालन हुने गर्दछ । चालु आर्थिक वर्षमा पालिकाको वडा नम्बर १२ र १३ छनौट भएको नगरपालिकाको कार्यालयले जनाएको छ।
नगरपालिकाका अनुसार वडा नम्बर १२ मा ३० जनाको सहभागितामा तालिम सुरु भएको छ भने वडा नम्बर १३ मा बैशाखमा तालिम संचालन हुनेछ।पालिकावासीलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गरिएको उनले जनाए ।
गत वर्ष पालिकाको वडा नम्बर ७ र ९ मा मेडपा कार्यक्रम संचालन भएको थियो । जसमा करिब ५५ जना सहभागीहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएको थियो।

