


भैरहवा, १३ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरुबीच अन्तरसंवाद गराउने भएको छ।
पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशका महिला जनप्रतिनिधीहरुबीच चैत १६ गते कार्यक्रम आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले जानकारी दिईन ।

कार्यक्रममा नेपाली कांग्रेसकोतर्फबाट केन्द्रीय सदस्य गंगा शाही, नकेपा एमालेबाट केन्द्रीय सचिव पद्मा अर्याल र नेकपा माओवादी केन्द्रबाट पूर्व सचांरमन्त्री रेखा शर्मा वक्ताको रुपमा रहने बताइएको छ।
उनका अनुसार उद्धघाटन र बन्द गरी दुई सत्रमा हुने उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिलाप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्यको सहभागिता रहने छ।
महिला जनप्रतिनिधीहरुबीच कार्यसम्पदानमा देखिएको समस्या, समाधान, उपलब्धी, सम्भावना लगायतका बिषयमा केन्द्रित रहेर अन्तरसंवादको कार्यक्रमको आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए।

