


ललितपुर, १४ चैत। ललितपुरको इमाडोलमा खुकुरी प्रहार गरी युवकको हत्या गरिएकोछ। रामेछाप स्थायी घर भई ललितपुर बस्दै आएका ३० वर्षीय रिपेश खातीको गएराति खुकुरी प्रहार गरी हत्या गरिएको हो।
हत्याको आरोपमा रामेछापकै २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार अनुसार आपसी विवादको क्रममा रसाइलीले खुकुरी प्रहार गरी खातीको हत्या गरेका हुन्।

सुमन र रिपेश साथी हुन्। प्रहरीका अनुसार रिपेशले युवतीलाई जिस्काएको जानकारी पाएपछि सुमनले राति नै रिपेशलाई भेट्न बोलाएका थिए। भेट्न पुगेपछि एक्कासी उनीमाथि खुकुरी प्रहार गरेका हुन्। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

