
भैरहवा, १४ चैत। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा जनता खुशी नरहेको बताएका छन्।
उनले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम ‘कुलमान घिसिङ’ भएको भन्दै लक्ष्मीपूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने विशेष नाम पनि ‘कुलमान घिसिङ’ रहेको बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘लोडसेडिङ जस्तो अलोकप्रिय विषयलाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन ‘कुलमान घिसिङ’, ‘बिहीवार सामाजिक संजाल फेसबुकमा घिसिङसँगको फोटो पोष्ट गर्दै उनले लेखेका छन्, कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार ! पटक्कै खुशी छैनन्।’
उनले अगाडि लेखेका छन्, ‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो। बतीहरू सबै निभे। लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ। एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूल मान घिसिङको नाम लिएका थिए । नेपालको अँध्यारो रातहरूलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त ‘कुलमान घिसिङ।’

