


काठमाडौं, १४ चैत। नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

घिसिङले आफूलाई सरकारले गैरकानुनी रुपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च पुगेका थिए। बिहीबारमात्रै दर्ता भएको रिटको शुक्रबारका लागि पेशी तोकिएको अदालतले जनाएको छ।
कमेन्ट गर्नुस्

