


गोरखा,१४ चैत। मनास्लु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाइडको मृत्यु भएको छ। मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लावेशी स्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए ।

उनी आइएनएफओ नेपाल ट्रेकिङ्ग एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रुपमा आएको उनले बताए । टाउकोमा गहिरो चोट लागेको शेर्पाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

