


काठमाडौं, १५चैत। काठमाडौंमा शुक्रवार समाजवादी मोर्चा (गणतन्त्रवादी) ले प्रदर्शनीमार्ग र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्ने भएका छन्।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ। यस्तै राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।
गणतन्त्रवादी र राजावादी दुवै पक्षले काठमाडौं प्रर्दशन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा परिएको छ। शुक्रवार ११ बजे देखि कार्यक्रम गर्ने तालिका रहेपनि एसईई परिक्षालाई मध्यनजर गर्दै दुवै पक्षले कार्यक्रम एक घण्टा पछि सार्दै दिउँसो १२ बजेदेखि कार्यक्रम गर्ने तयारीमा छन्। दुवै पक्षले आ-आफ्नो शक्ति प्रदर्शन गर्ने दावी गरेका छन्।

