


काठमाडौं, १५ चैत। वैदेशिक रोजगारीमा पठाईदिने भन्दै रकम ठगीको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-९ बस्ने झापा बिर्तामोड नगरपालिका-४ की ५७ वर्षीया आशा परियार रहेको प्रहरीले जनाएको छ।
बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएको उजुरीका आधारमा परियारलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

