Close Menu
    What's Hot

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार १५:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:३० गते0
    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पिएम कप : उपाधीका लागि पुलिस र आर्मी आमने-सामने
    खेलकुद

    पिएम कप : उपाधीका लागि पुलिस र आर्मी आमने-सामने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र १५, शुक्रबार २०:२० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१५ चैत। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिने भएका छन्।

    शुक्रबार भैरहवामा पत्रकार सम्मेलनका आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप अन्तर्गतको सम्पूर्ण खेलहरु पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे। उपत्यका बाहिर पहिलो पटक खेलिने फाईनल खेलको लागि आफुहरु तयार रहेको र भोली सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए । भण्डारीले नेपालमा क्रिकेटलाई अगाडी बढाउनका लागि मुलुकभर क्रिकेटको आयोजना गर्न आवश्यक रहेको बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उपत्यका बाहिर पनि स्तरिय खेल मैदानहरु निर्माण भईसकेकोले अब काठमाण्डौंमै केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाई छ। सबै स्थानमा खेल मैदान भए यसले क्रिकेटको विकासमै टेवा पुर्याउने भएकोले यसको आवश्यकता रहेको र यो वर्षबाट त्यसको सुरुवात पनि भएको नेपाल पुलिस क्लबका कप्तान दिपेन्द्र सिंह ऐरीको भनाई छ।

    प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीहरु भन्दा पनि प्रदेश स्तरिय खेलाडीहरुले राम्रो प्रर्दशन गरेका छन्। विभागीय खेलाडीहरुको प्रर्दशन भन्दा कसरी उदियमान खेलाडीको प्रर्दशन उच्च भयो भन्ने प्रश्नमा बोल्दै दुबै कप्तानले प्रधानमन्त्री कपको उद्देश्य नै यस्ता लुकेका प्रतिभाहरुलाई सबैको सामु ल्याउनु रहेको बताए।

    जारी प्रतियोगितामा ९ खेल खेलेको नेपाल पुलिस ८ मा जित सहित प्रतियोगिताको शिर्ष स्थानमा रहदै फाईनलमा पुगेको थियो भने ९ खेल नै खेलेको आर्मी पनि ८ मा जित निकाल्दै दोश्रो स्थान हुदै फाईनल पुगेको थियो। लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएको थियो ।

    प्रधानमन्त्री कप प्रतियोगिता संचालन भएदेखि अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक र आर्मीले एकपटक मात्रै उपाधी हात पारेको छ। गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधी हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

    पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका छन्। कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम खेल उपाधीका लागि प्रतिस्पर्धा हुनेछ। फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ। उपाधी रक्षाका लागि दुबै टिमले आन्तरिक रणनीति बनाएका छन् ।

    शनिबार विहान भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा विहान ९ बजे देखि यी दुबै टोलीबीच फाइनल खेल हुने बताइएको छ। ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब पिएम कप पिएम कप फाईनल प्रधानमन्त्री कप
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.