
काठमाडौं,१७चैत। काठमाडौं महानगरपालिकाको कार्यालयले शुक्रवार भएको राजावादीहरुको आन्दोलनमा फोहोर, तोडफोड भएको भन्दै पठाएको जरिवना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्विकार गरेका छन् ।
महानगरपालिकाले भएको क्षतिको मूल्यांकन गरेर पूर्वराजा शाहको नाममा ७ लाख ९३ हजार जरिवाना पत्र काटेको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जस अनुसार आइतबार महानगरपालिकाको प्रहरी टोली आइतबार पत्र बुझाउन जाँदा गेटबाटै उनीहरुलाई फर्काइएको छ। पत्र बुझ्न नमानेकोले टोली फर्किएको र प्रक्रियागत ढंगले असुलउपर गरिने काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

