


काठमाडौं,१७चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेको जानकारी गराएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ ७ बजे सिंहदरबारमा बैठक बस्ने कार्यक्रम छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम लगायत सरकार र सदन सञ्चालनका बारेमा छलफल हुने जनाइएको छ।

कमेन्ट गर्नुस्

