


काठमाडौं,१७चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (भोली) संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
आइतबार बिहान सभामुखले बोलाएको मुख्य सचेतकहरुसँगको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।

उनले संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री र विपक्षी दलका नेताहरुबीच टेलिफोन संवाद भएको जानकारी गराएका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन्।

