


भैरहवा, १९ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) एवं सविधान सभा सदस्य इश्तियाक अहमदा खाँले सांसद दीपक बोहराको निधन प्रति दुःख व्यक्त गरेका छन्। मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा बोहराको निधन भएको थियो।
सिद्धार्थनगर नगरपालिका ३ निवासी बोहरा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता बोहराको निधनले यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको उल्लेख गर्दै उनले दिवंगत आत्माको चिर शान्तिको कामना समेत गरेका छन्।

मेयर खाँले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

