


काठमाडौ,१९ चैत। प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो।
बैठकमा स्वर्गीय बोहराको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरिएको थियो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा निधन भएको गियो।

बैठकमा सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए। त्यस्तै उनले बैठकमा लगातार अनुपस्थित भएका सांसदहरुको अनुपस्थीतिको सूचना सुनाएका थिए।

