Close Menu
    What's Hot

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:५७ गते0
    विशेष

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:३० गते0
    अर्थ

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:०७ गते0
    अर्थ

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १३:४६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
    फोकस लुम्बिनी

    लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र १९, मंगलवार १४:१२ गते
    advertisement
    advertisement
    advertisement

    लुम्बिनी, १९ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ। चौथो औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षा सम्बन्धी विश्वव्यापी संवादलाई प्रवद्र्धन गर्नका लागि चैत २० र २१ गते सम्मेलन हुन लागेको हो ।

    उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय, लुम्बिनीमा हुन लागेको सम्मेलनमा पहिलो दिन उद्घाटन सत्रपछि मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रम बजारमा कृत्तिम बौद्धिकता (एआई)को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा २४ वटा कार्यपत्र प्रस्तुति हुनेछन्। सम्मेलनमा ११ देशका अध्येताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

    दोस्रो दिन उपकुलपति सम्मेलन हुनेछ। उपकुलपति सम्मेलनमा नेपाल, भारत, जापानका विश्वविद्यालयका उपकुलपतिहरुको सहभागीता रहनेछ। सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, भारतको नालन्दा विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, नेपालका मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल विश्वविद्यालय, विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपतिको सहभागीता रहनेछ ।

    त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सहभागी हुने तय भएको छ। सम्मेलनमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश विश्वविद्यालयका उपकुलपति तथा नेपाल संस्कृत विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका रजिष्ट्रारको सहभागीता रहने जनाइएको छ। त्यस्तै सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पूर्व उपकुलपतिहरुको पनि सहभागीता हुने विश्वविद्यालयले जनाएको छ ।

    उपकुलपतिहरुको सम्मेलनमा हुने बौद्ध शिक्षाको विश्वव्यापीकरण तथा उच्च शिक्षाका चुनौति र अवसरका विषयमा हुने छलफलबाट प्राप्त निष्कर्षलाई लुम्बिनी घोषणापत्रका रुपमा सार्वजनिक गरिने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए ।

    उपकुलपति सम्मेलनमा एकैचरणमा तीन सत्रमा छलफल हुने कार्यक्रम छ । चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षाःवैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक सहकार्य विषयको एक सत्र हुनेछ। नेपालमा उच्च शिक्षाका चुनौती र अवसरःवैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्को सत्र र नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धनः दीगो विकास लक्ष्यसँगको सहकार्य विषयमा तेस्रो सत्र हुने जनाइएको छ ।

    हरेक दिन बिहान ९ बजेदखि साँझ ५ बजेसम्म सम्मेलनका सत्रहरु चल्ने अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिए । उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा.डा. शिवराज अधिकारीसहित संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधिहरु, व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रमुखहरु, अध्येता, अनुसन्धानकर्ताहरुको सहभागीता रहने जनाइएको छ ।

    सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागीता रहनेछ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी लुम्बिनी बौद्ध विश्वविद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    २०८३ कार्तिक १७, सोमबार १३:४६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.