
भैरहवा, १९चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले बुधवार शोक विदा दिने निर्णय गरेको छ।
मंगलबार सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरवासी समेत रहेका सांसद दीपक बोहरा निधनप्रति दु:ख व्यक्त गर्दै बुधवार नगरमा शोक विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए। उनका अनुसार नगरमा संचालित रहेका वार्षिक परिक्षा यथावत संचालन हुनेछ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रुपन्देही-३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

