
भैरहवा, १९ चैत। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको पार्थीव शरीरलाई उनको गृहनगर भैरहवाबाट पुनः काठमाडौं लगिएको छ। मंगलबार काठमाडौको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएपछि श्रद्धान्जली अर्पणका लागि उनको पार्थीव शरीर गृहनगर भैरहवा ल्याइएको थियो।
हेलकिोप्टरमार्फत् भैरहवा ल्याइएका बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर नगरपालिका(३ स्थित उनको निवासमा श्रद्धाञ्जलीका अर्पण गरिएको थियो ।
Advertisement

Advertisement
Advertisement

रुपन्देहीमा भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ (भैलूभूज) परियोजनाको सुरुवात गरेर रुपन्देहीको विकास ल्याएका बोहराको निधनले अपुरणीय क्षति पुगेका यस क्षेत्रका बासिन्दाहरु बताउँछन्।
बोहरालाई श्रद्धाञ्जली दिन राप्रपाका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टीका प्रदेश र जिल्लास्तरका नेताहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरु उनको निवास पुगेका थिए।

०३६ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएका बोहरा ०३८ साल असार २ गते पर्यटन सहयाक मन्त्री बनेपछि बस्तीमा सडक, खानेपानी, विद्युत, सिंचाईदेखि शिक्षा लगायत क्षेत्रमा काम गरेको उनका राजनीतिक सहकर्मीहरु बताउँछन् ।
श्रद्धाञ्जली अर्पण गृहनगरबाट उनको पार्थीव शरीरलाई पुनः काठमाडौं लगिएको छ। बुधवार बिहान काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धान्जलीका पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बुझिएको छ।

