Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा दीप प्रज्वलन
    मेन स्टोरी

    पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा दीप प्रज्वलन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र १९, मंगलवार २०:४३ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता

    लुम्बिनी, १९ चैत। काठमाडौंको तीनकुनेमा गत शुक्रवार राजावादीको आन्दोलनमा भएको आगजनी घटनामा ज्यान गुमाएका एभीन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ वटा दीप प्रज्वलन गरिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मधेशी पत्रकार समाज र मर्चवार प्रेस क्लब रुपन्देहीको संयुक्त आयोजनामा गरिएको दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानलाई सम्मान व्यक्त गरिएको छ।

    मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको जिकिर गरे।

    उनले भने,‘एक सत्यनिष्ठ, मेहनती र निर्भीक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति मात्र होइन । यो सम्पूर्ण पत्रकारिता जगतका लागि गम्भीर आघात हो।’ उनले लुम्बिनीलाई शान्ति भूमि मात्र नभई न्यायको आवाज उठाउने स्थलका रुपमा परिभाषित गर्दै समाजमा व्याप्त अन्याय, दमन र हिंसाका विरुद्ध सशक्त रूपमा उभिनुपर्ने धारणा राखे।

    मधेशी पत्रकार समाज नेपाल रुपन्देही शाखा अध्यक्ष राधेश्याम विश्वकर्माले पत्रकार सुरेश रजकको बलिदानलाई व्यर्थ जान नदिनुपर्ने बताउँदै पत्रकारहरुको सुरक्षाका लागि एकजुट हुन आह्वान गरे। उनले भने, ‘पत्रकारितालाई भयमुक्त बनाउन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र अपराधीलाई कठोर कारबाही गराउन हामी निरन्तर आवाज उठाउनेछौँ।’

    त्यस्तै, पत्रकार रजकको परिवारलाइ उचित क्षतपिूर्ति दिनुपर्ने भन्दै मर्चवार प्रेस क्लबका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ रुपन्देही कार्य समिती सदस्य हृदयराम गुप्ताले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षागर्न राज्यले कडा कदम चाल्नुपर्ने माग गरे।

    कार्यक्रममा सहभागी पत्रकार, भिक्षु, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले मृतक आत्माको चिरशान्तिको लागी प्रार्थना गर्दै पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरे।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एभीन्यूज टेलिभिजन दीप प्रज्वलन मधेशी पत्रकार समाज मर्चवार प्रेस क्लब राजावादी राजावादी आन्दोलन लुम्बिनी सुरेश रजक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.