
भैरहवा, १९ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले सांसद दीपक बोहोराको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका बोहराको मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सांसद बोहराको निधनबाट आफू स्तब्ध भएको भन्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मंगलबार खाणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।’
एमालेसँग गठबन्धन गरेर रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका उम्मेदवार बोहरा प्रतिनिधिसभामा निर्वाचित भएका थिए। दुवै जना रुपन्देहीका नेता हुन् ।

