


काठमाडौं,२०चैत। काठमाडौंमा शिक्षकहरु फेरी प्रर्दशनमा उत्रिएका छन्। विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरु फेरी काठमाडौंमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन्।
शिक्षक महासंघको अगुवाइमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरुले प्रर्दशन गरेका छन्। दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो।

तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो ।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी समेत दिएको छ। शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भइ छलफलका क्रममा छ। विधेयकमा रहेका कतिपय प्रावधानमा शिक्षकहरुको असहमति छ।

