


भैरहवा, २० चैत। सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधनप्रति सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले शोक विज्ञप्ति जारी गर्दै बोहराको निधनले संघ परिवार मर्माहत भएको जनाएका छन्।
‘यस क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामनाको लागि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं, साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार बोहराको काठमाडौंको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

