
बैंकक, २० चैत। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका राजा बजिरालोङकर्नबीच भेटवार्ता भएको छ।
थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका प्रधानमन्त्री ओली र राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता भएको हो।
राजादम्पतीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए।यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा ८ सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
Advertisement

Advertisement
Advertisement

थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्ड गएका हुन्।

