
भैरहवा,२३ चैत।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याईएको छ। उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याईएको हो।
शुक्रवार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको थियो।
Advertisement

Advertisement
Advertisement

सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने र लामिछानेले धरौटी खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।
जसको शुक्रवार न्यायाधीश शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।
अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक विदा पश्चात लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाईने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। उनका अनुसार शनिवार (आज) र आईतबार (भोली) सार्वजनिक विदा रहेकोले त्यस अवधिसम्म उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ।

