


काठमाडौं,२४ चैत। नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेको छ। सरकारले वार्ताका लागि आह्वान गरेपनि महासंघले आन्दोलनलाई थप सशक्त बनाउन भन्दै सोमबारबाट हड्तालको घोषणा गरेको हो।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारमाथि दबाब दिन हड्ताल गरिएको जनाएको छ।

सरकारसँगका विभिन्न मागका लागि महासंघ २० गतेदेखि सडक आन्दोलनमा रहेको छ। शिक्षक, कर्मचारीलाई हड्तालमा सहभागी हुन आग्रह गर्दै सबै विद्यालय बन्द गर्न आह्वान गरिएको छ।
यस अवधिमा कुनै शैक्षिक गतिविधि उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार आदि नगर्ने अपिल गरिएको छ। महासंघले आइतबार काठमाडौंमा सिठ्ठि जुलुस निकालेको छ।
हेर्नुहोस् विज्ञप्तिः


