
भैरहवा,२४ चैत। रुपन्देहीको देवदह नगरपालिका-९ स्थित एक सहकारी संस्थामा चोरी भएको छ। गएराति देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको प्रहरीले जनाएको छ।
सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीका अनुसार गएराति सहकारीको झ्याल तोडेरमा कार्यालयको भल्टमा रहेको ८ लाख ४३ हजार ७८९ रुपैयाँ मध्ये १५ रुपैयाँ छाडेर बाँकी रकम चोरी भएको छ। साथै, कार्यालयमा रहेको सीसीटीभीको हार्डडिस्क समेत गायब छ।
Advertisement

Advertisement
Advertisement

सहकारीको भल्ट फोडेर रकम चोरीको विषय अनुसन्धान थालिएको प्रहरी चौकी देवदहका प्रहरी निरीक्षक एक्काबहादुर नेपालीले बताए।

