


भैरहवा,२५चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलको अगुवाईमा निःशुल्क क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। चैत २७ गते जिल्लाको कोटिहवास्थित पञ्चकन्या ग्रुपको प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरमा क्यान्सर रोग सचेतना अभिबृद्धि गरिने छ।
यस्तै, स्वास्थ्य परीक्षणका लागि भक्तपुर क्यान्सर अस्पतालबाट १९ जना र सिटी हस्पिटलबाट सात जनाका चिकित्सकको टोली खटिने सिद्धार्थनगर सिटी हस्पिटलले जनाएको छ ।

शिविरमा निःशुल्क प्याप स्मेयर परीक्षण, महिला तथा पुरुषको स्तन क्यान्सर र शरीरका अन्य भागहरुको क्यान्सर सम्बन्धी जाँच हुने सिद्धार्थनगर सीटी अस्पतालकी अधिकृत रिता घिमिरेले बताइन् ।
उनका अनुसार शिविरको मुख्य आयोजक पञ्चकन्या ग्रुप हो भने सहयोगी आयोजना सिद्धार्थनगर सीटी अस्पतालका साथै मायादेवी गाउँपालिकाको बेथरीमा निर्माणाधीन सुमीत्रा मेमोरीयल क्यान्सर अस्पताल रहेको छ ।
उक्त शिविरमा सेवा लिनका लागि अग्रिम नाम दर्ताको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ।

