


काठमाडौ,२५ चैत। गत चैत १५ गते राजावादीहरुको प्रर्दशनको क्रममा तिनकुने स्थित पत्रकार सुरेश रजकको आगजनीमा परेर मृत्यु भएको घरमा भाइरल भीडियोमा देखिएकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । एनी कुँवर नाम गरेकी उक्त युवतीलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पत्रकार रजकको जलेर मृत्यु भएको घरको सिंढीबाट कुँवर र अनुहार कपडाले बाँधेको एक युवक झर्दै गरेको अवस्थाको भीडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन्। प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

